पाँच दिन लगातार झरेको सेयर बजार मंगलबार ६.५४ अंक बढ्यो


काठमाडौं: अघिल्ला पाँच कारोबार दिनसम्म लगातार झरेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५४ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम पनि केही बढेको छ ।
अघिल्लो दिन ६ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ७ अर्ब २४ करोडको भयो । १३४ कम्पनीको मूल्य बढ्दा ९८ को घट्यो भने ११ को स्थिर रह्यो ।
यस दिन विकास बैंक सेक्टर सबैभन्दा धेरै २.३७ प्रतिशत बढ्यो । हाइड्रोपावर १.५७, लगानी ०.४८ तथा उत्पादन ०.०१ प्रतिशत बढे । व्यापार समूह सबैभन्दा धेरै १.०५ प्रतिशत घट्यो ।
अन्य ०.०१, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०४, जीवन बीमा ०.०८, होटल तथा पर्यटन ०.४७, फाइनान्स ०.२९ तथा बैंकिङ ०.२० प्रतिशत घटे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स छन् । त्यस्तै सप्तकोशी विकास बैंकको ८.५, इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढ्यो ।
भूगोल इनर्जीको १० तथा उपकार लघुवित्तको मूल्य ८ प्रतिशत घट्यो । कारोबार रकमकाम आधारमा सीईडीबी होल्डिङ्स, न्यादी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्