सेयर बजार ८.२६ अंकले बढ्यो, परिसूचक १९७४.५० मा उक्लियो


काठमाडौं– साताको पहिलो कारोबारमा सेयर बजार परिसूचक ८.२६ अंकले बढेको छ । आइतबार बजार परिसूचक ८.२६ अंक बढेर समग्र बजार परिसूचक १९७४.५० विन्दुमा उक्लिएको छ । बजार ८ अंकले बढ्दा १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको सेयर मूल्य घटेको छ । ८ अंकले बढेको बजारमा ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार १६८ रुपैयाँ बराबरको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ४९ हजार ७६४ पटकमा खरिद बिक्री भएको छ ।
सृजनशील लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेर मूल्य प्रतिकित्ता १३७२.८० मा पुगेको छ । उन्नती सहकार्य, युनाइटेड अजोड इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एशियान लाइफ इन्स्योरेन्स उच्च कमाउने पाँच कम्पनी रहेका छन् ।
बजार बढ्दा फाइनान्स समूह ०.८६ प्रतिशत, होटेल एण्ड टुरिजम २.४० प्रतिशत, तथा माइक्रो फाइनान्स समूह १.३५ प्रतिशतले घटेको छ भने बाँकी समूहको सेयर मूल्य बढेको छ ।
समूहगत सूचकतर्फ सबैभन्दा धेरै निर्जीवन बीमा समूह २.६४ प्रतिशतले बढेको छ । जलविद्युत समूह ०.१६ प्रतिशतले बढ्दा ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन