१२ अंकले बढ्यो सेयर बजार, गोर्खाज फाइनान्समा झुम्मिए लगानीकर्ता


काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारमा १२ अंकले बढेको छ । कारोबारको सुरुवात देखिनै ऋणात्मक रहेको बजार अन्तिम आधा घण्टा धनात्मक रहँदा १२.२९ अंकले उकालो लागको हो । बजार दोहोरो अंकले बढ्दा समग्र बजार परिसूचक १९८४.४३ मा उक्लिएको छ । आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको सेयर मूल्य घटेको छ ।
आइतबार २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । जसमा ३१० कम्पनीको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर ४७ हजार ११७ पटकमा खरिद बिक्री भएको छ ।
आज दोल्ती पावर, एनआइसी एशिया लघुवित्त, रुरु जलविद्युत्, माथिल्लो हेवाखोला, सर्वोत्तम सिमेन्ट उच्च कमाउने पाँच कम्पनीमा रहे । यस्तै पिपुल्स पावर, खानीखोला हाइड्रो, सूर्यज्योती लाइफ इन्स्योरेन्स, गुँरास लघुवित्त, गोर्खाज फाइनान्स सर्वाधिक गमाउने शीर्ष पाँच कम्पनी रहेका छन् ।
उपसूचक समूहतर्फ बैकिङ समूह र म्युचल फण्ड घट्दा बाँकी समूहसूचक बढेका छन् । तेस्रो त्रैमासिक वित्तीय विवरण कमजोर देखिएपछि समग्र सेयर बजार बढ्दा पनि बैंकिङ सूचक घटेको छ । अधिकांश बैंकहरुको रिर्पोट नकारात्मक आएपछि बैकिङ इन्डेक्स ०.३४ अंक घटेको छ । यस्तै म्युचअल फण्ड ०.४३ अंक घटेको छ ।
जलविद्युत् समूहको सेयर आज १.१५ प्रतिशतले बढेको छ । जलविद्युत् तर्फ ७२ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको सेयर मूल्य घटेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्