सोमबार बढ्यो सेयर बजार, सबैभन्दा धेरै हाइड्रोपावर २.६३ प्रतिशत बढ्यो


काठमाडौं : सेयर बजारमा हाइड्रोपावर सेक्टरमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको छ । अन्य समूह सबैभन्दा धेरै २.६३ प्रतिशत बढ्यो । अघिल्लो दिन सबैभन्दा धेरै १.२२ प्रतिशत बढेको यो सेक्टर आज २.३५ प्रतिशत बढ्यो ।
अघिल्लो दिनको तुलनामा आज सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेको छ ।
उक्त वृद्धिपछि नेप्से २६५३ अंकमा कायम भएको छ । बजार खुलेपछि आज दिनभर हरियो अंकमा रह्यो । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६८ करोडको भयो । १९१ कम्पनीको मूल्य बढ्दा ५६ कम्पनीको घट्यो भने एउटाको स्थिर रह्यो ।
बैंकिङ ०.४३, विकास बैंक ०.१७, फाइनान्स ०.५९, लगानी १.१४, उत्पादन तथा प्रशोधन ०.२०, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.४४ प्रतिशत बढे । व्यापार ०.४४, जीवन बीमा ०.०९ र होटल तथा पर्यटन ०.२५ प्रतिशत घटे ।
आज चार जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी, दोल्ती पावर र विन्ध्यबासिनी हाइड्रोपावर छन् ।
धेरै मूल्य बढेका टप १० कम्पनीमा ८ वटा हाइड्रोपावर कम्पनी मात्रै परे । ८ हाइड्रोपावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरै बढ्यो । बुटवल पावरको ९.८३, मायाखोला हाइड्रोपावरको ९.७४, रावा इनर्जीको ९.१८ र घलेम्दी हाइड्रोको ९.०१ प्रतिशत मूल्य बढ्यो ।
भूगोल इनर्जीको ७.४७, मिथिला लघुवित्तको ५.२३, सप्तकोशी विकास बैंकको ५.११ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्