वर्षको पहिलो कारोबार दिन बढ्यो सेयर बजार, कारोबारमा पनि उल्लेख्य वृद्धि


काठमाडौं ः वर्षको पहिलो कारोबार दिन सेयर बजारको परिसूचक नेप्से २७.१४ अंक बढेको छ ।
उक्त अंकको वृद्धिपछि नेप्से परिसूचक २६८९ अंकमा कायम भएको छ । बजारको परिसूचक मात्रै बढेको छैन, कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । यसअघि आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो ।
२१२ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो । विकास बैंक र लगानी सेक्टरमा आज आकर्षण देखिएको छ । लगानी २.७१ र विकास बैंक २.४६ प्रतिशत बढे । बैंकिङ ०.४८, फाइनान्स १.५९, होटल तथा पर्यटन १.९९, हाइड्रोपावर १.४७, जीवन बीमा ०.८१, उत्पादन १.२२, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा १.०७ तथा अन्य ०.६१ प्रतिशत बढे ।
आज व्यापार सेक्टर घट्यो । सो सेक्टर ०.६४ प्रतिशत घटेको छ ।
पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।
बलेफी हाइड्रोपावरको मूल्य ९.६९ प्रतिशत घट्यो । विन नेपाल लघुवित्तको ६.१७ तथा आत्मनिर्भर लघुवित्तको ३.७१ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा बलेफी हाइड्रोपावर सबैभन्दा अगाडि रह्यो । सो कम्पनीको २ अर्ब रुपैयाँ बराबरको कारोबार भयो ।
त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, सीईडीबी होल्डिङस् र हिमालयन रिइन्स्योरेन्स धेरै कारोबार भएका कम्पनीमा क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्