डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन काट्न प्राधिकरणलाई अब बाटो खुला


काठमाडौं : सुनसरी जिल्ला अदालतले रियलायन्स स्पिनिङ मिल्सको काटिएको विद्युत् लाइन पुनः जोडाउन आइतबार अस्वीकार गरेको छ । डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर महसुल नतिर्ने उद्योगको लाइन विद्युत् प्राधिकरणले काटेकोपछि रिलायन्स स्पिनिङ मिल्स लाइन जोड्ने अन्तरिम आदेश जारी गराउन जिल्ला अदालत सुनसरीमा निवेदन दिएको थियो ।
न्यायाधीश टेकबहादुर कार्कीको एकल इजलासको आदेशमा भनिएको छ, ‘स्पिनिङ मिल्सले प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता ६० किस्तामा बुझाउन मञ्जुर भई निवेदन दिएमा उद्योगको लाइन जडान गर्ने भनी प्राधिकरणको सञ्चालक समितिको निर्णय भएकाले लाइन कटिसकेको अवस्थामा अन्तरिम आदेश जारी गर्न मिलेन ।’


स्पिनिङ मिल्सले डेडिकेटेड र ट्रंक लाइन उपयोग गरेबापत प्राधिकरणलाई अर्ब ७१ करोड ३१ लाख ६९ असार १ सय ६ रुपैयाँ तिर्न बाँकी छ । अदालतको यो आदेशसँगै प्राधिकरणलाई अब बक्यौता उठाउन सहज हुने र दबाबका भरमा पुनः लाइन जडान नगर्न बल मिलेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता