एउटै खोलामा छ, जलविद्युत् आयोजना

-lg-1755747741.jpg)
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्काे हबका रूपमा विकसित भइरहेको छ । यहाँका खोलानालामा दुई आयोजना सम्पन्न भइसकेका छन् भने दुई आयोजनाको निर्माण तीव्र गतिमा जारी छ र अन्य दुई योजना प्रक्रियामा रहेका छन् ।
सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ आयोजना सम्पन्न गरी विद्युत् उत्पादन सुरु गरिसकेको छ। यसअघि समुदायको पहलमा स–साना लघु जलविद्युत् आयोजना सञ्चालनमा रहेका थिए ।
पाँच वर्षअघि ३८० किलोवाट क्षमताको ताराखोला जलविद्युत् आयोजना सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । हाल मध्यताराखोला मध्य दरम ‘ए’ जलविद्युत् आयोजना निर्माणाधीन छ, जसको करिब ६० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। त्यस्तै, चार मेगावाट क्षमताको दरम ‘ए’ आयोजनामा करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
यसबाहेक, ३.५ मेगावाट क्षमताको तल्लो ताराखोला आयोजना र ४.५ मेगावाट क्षमताको मध्यदरम ‘बी’ आयोजना हाल प्रक्रिया चरणमा रहेका छन् ।
गाउँपालिका अध्यक्ष धनबहादुर विकले आयोजना निर्माणमा स्थानीयको समेत ठूलो लगानी रहेको भन्दै यसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार, ताराखोला हुँदै गलकोटसम्मका आयोजनाले क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउनेछ ।
गाउँपालिका उपाध्यक्ष प्रकाश घर्तीले आयोजना निर्माणले गति लिन थालेपछि स्थानीयस्तरमा उत्साह बढेको बताए । उनले विद्युत् उत्पादनमार्फत गाउँपालिकाको आर्थिक उन्नयनसँगै नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव