बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका यी जिल्लामा हुनेछ पर्सीसम्म अति भारी वर्षा, सजग रहन मन्त्री घिसिङको आग्रह


काठमाडौं : आज बेलुका ८ देखि भोलि विहान ८ बजेसम्म र विशेष गरी भोलि बेलुकी १० बजेदेखि पर्सी (सोमबार) बिहान २ बजेसम्म अति भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले बताएका छन् ।
हिजो शुक्रबारदेखि देशका विभिन्न भूभागमा अति भारी वर्षाको सम्भावना देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई एवं शहरी विकास मन्त्री कुलमान घिसिङले आज मन्त्रालयमा राखेको बैठकमा महानिर्देशक जोशीले विशेष गरी नदी किनारमा रहने वासिन्दा र यातायात सञ्चालन गर्दा विशेष सजगता अपनाउन आग्रह गरे ।
उनका अनुसार अति भारी वर्षा (२०० मिलिमिटरभन्दा बढी) बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा हुनेछ । उनले बैठकमा २४ घण्टामा करिब २०० मिलिमिटरभन्दा बढी पानी पर्ने सम्भावना रहेको पनि जानकारी दिए ।
यो अवधिमा विशेष ध्यान दिनुपर्ने जिल्लाहरु सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा सिन्धुली, दोलखा, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका क्षेत्र रहेको जोशीले बताए । यी जिल्लामा विभागले उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

‘त्यसैगरी इलाम, झापा मोरङ धनकुटा, तेह«थुम, पाँचथर, भोजपु,र खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, गोर्खा, नवलपरासी पूर्व, नवलपराससी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका क्ष्ोत्रमा एलर्ट रहेर भोलि बिहानसम्म ध्यान दिनुपर्ने हुन्छ,’ महानिर्देशक जोशीले बैठकमा भने ।
उनका अनुसार भोलि (आइतबार) विहान यो सिष्टम (मौसम प्रणाली) पूर्वतिर सरेर जाने सम्भावना भएकाले त्यसपछि पूर्वको तराई र मध्य पहाडीमा विशेष ध्यान दिनुपर्ने अवस्था छ । ‘सोमबार बिहानदेखि यो सिष्टम मत्थर भएर लगभग पानी कम पर्ने र मनसुनको बहिर्गमन हुुनेछ,’ जोशीले भने ।
महानिर्देशक जोशीबाट जानकारी लिएपछि मन्त्री घिसिङले नदी किनारमा बसाेबास गर्ने आमसमुदायलाई विशेष सतर्कता अपनाउन अनुराेध गरे । उनले कर्णाली र सुदूर पश्चिम प्रदेशबाहेक सबै प्रदेशमा अत्यधिक वर्षा हुने भएकाले भौतिक पूर्वाधार (सडक, सिंचाइ, जलविद्युत् आदि) मा क्षति पुग्न सक्ने भएकाले तत् तत् निकायले आफ्ना संरचना जोगाउन अहिले नै पहलकदमी लिनुपर्नेमा जोड दिए । खाेलाका किनारमा जलविद्युत् लगायत आयोजनाहरुका यन्त्र उपकरण छन् भने तिनलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरे ।

उनले सकेसम्म आगामी दुई दिनसम्म यात्रा नगर्न र गर्नै पर्ने भए सतर्क भएर हिंडडुल गर्न आग्रह गरे । मन्त्री घिसिङले राजमार्गमा फसेका यातायातलाई आवश्यक परेको ठाउँमा तत्काल यन्त्र उपकरण परिचालन गरेर जसरी हुन्छ समयमै उद्धार गर्न विभिन्न मन्त्रालय अन्तर्गतका निकाय तथा कार्यालयका कर्मचारीहरुलाई समन्वय गर्न अनुरोध गरे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन