बिजुलीको पोल बोकेको ट्याक्टर दुर्घटनामा तीनजनाको मृत्यु


काठमाडौं–दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जंगलमा भे.१ त. ८९६ नम्बरको ट्याक्टर दुर्घटनामा परेर घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ यो सँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ । आइतबार विद्युतको पोल बोकेर दुल्लुको भस्नेपाटीदेखि खड्केगैरा जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी दुल्लु नगरपालिका–६ का ५५ वर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको थियो ।
अन्य दुई जना दुल्लु नगरपालिका–६ खच्चेगैराका ५६ वर्षीय कमारो रावल र चालक कमल शाहीको उपचारका क्रममा सुर्खेतको कालागाउँ अस्पतालमा आइतबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । अन्य तीन जना घाइतेको पनि उपचार भइरहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन