जेठसम्म ११ हजार ४६६ युनिट विद्युतीय सवारी साधन भित्रियो


काठमाडौं – नयाँ बजेटमा कर बढ्ने हल्लाले पछिल्लो महिना आयात बढ्दा ११ महिनामा कुल ११ हजार ४६६ युनिट विद्युतीय सवारी आयात भएको छ । वैशाखमा १ हजार ४०४ र जेठ महिनामा (जेठ १५ अघि) २ हजार ९६९ युनिट विद्युतीय कार आयात भएको हो । सरकारले विद्युतीय साधनमा कर बढाउने हल्लाले चाल् आर्थिक वर्षको पछिल्ला ४ महिनामा विद्युतीय सवारी साधानको आयत ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ११ महिना (जेठसम्म) कुल ११ हजार ४६६ युनिट विद्युतीय कार तथा भ्यान आयात भएको दखिन्छ । तीमध्ये पुस, माघ, वैशाख र जेठ ४ महिनामा मात्रै ६० प्रतिशत (६ हजार ८४६ युनिट) ईभी आयात भएका हुन् ।
भदौ, असोज र कात्तिक महिनामा कुल २ हजार ६७७ युनिट विद्युतीय साधन आयात भएको थियो । जस मध्ये भदौमा ७८८, असोजमा १२३७ र कार्तिकमा ६५२ युनिट मात्रै आयात भएको थियो ।
तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले बजेटको अर्धवार्षिक समीक्षा मार्फत ईभीमा कर बढाउने हल्ला फैलिएसँगै पुस र माघमा गरेर २ हजार ४७२ युनिट विद्युतीय कार र भ्यान आयात भएको थियो । जसमा पुसमा १ हजार ४२१ र माघमा १ हजार ५२ युनिट आयात भएको थियो । चालु आर्थिक वर्षमा सबैभन्दा कम गाडी साउनमा ११० युनिट, फागुनमा २७६ युनिट, चैतमा ६५८ युनिट र मंसिरमा ८९९ युनिट आयात भएको थियो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन