सोमबार सेयर बजार घटेसँगै खुम्चियो कारोबार रकम


काठमाडौं : नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार ९.६२ अंक घटेको छ । आइतवार २६२० अंकमा बन्द भएको नेप्से परिसूचक २६१०.७६ अंकमा झरेको हो ।
सोमबार नेप्से परिसूचक मात्रै होइन, कारोबार रकम पनि खुम्चिएको छ । आइतबार ९ अर्ब २४ करोडको सेयर कारोबार भएकोमा सोमबार ७ अर्ब ६३ करोडको मात्रै भएको छ ।
नेप्सेका उपसूचकमध्ये सबैमा अत्यन्तै सीमान्त मात्रै तलमाथि भएको छ । सबैभन्दा बढी व्यापार समूहको उपसूचक ५१ अंक (१.१३ प्रतिशत) ले घटेको छ भने फाइनान्स र उत्पादनमूलक समूह पनि करिब १ प्रतिशतले घटेका छन् ।
जम्मा तीन समूह लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमामा सामान्य वृद्धि देखिएको छ ।
नेपाल माइक्रोइन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स, सिटिजन सुपर ३० म्युचुअल फन्ड, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स, मकर जितुमाया सुरी हाइड्रोको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।
त्यस्तै हिमालयन पावर पार्टनरको सेयर भने १० प्रतिशतले घटेको छ ।
सोमबार पनि उच्च कारोबार हुने सबैजसो कम्पनी जलविद्युत् क्षेत्रका नै परेका छन् । ङादी ग्रुप पावर, युनिभर्सल पावर र राधी विद्युत् कम्पनी सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन