कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बीपी राजमार्गको सिन्धुली खण्डमा सवारी-आवागमन सुचारु

जलसरोकार
बिहीबार, असोज २३, २०८२ | १४:१८:५३ बजे

सिन्धुली:  सडक डिभिजन खाल्टेको कार्यक्षेत्रअन्तर्गत पर्ने बीपी राजमार्गको सिन्धुली जिल्लाभित्रका नेपालथोक, बालुवा र आपघारी (देविथान फाँट) खण्डमा अस्थायी सडक निर्माण कार्य सम्पन्न भएको छ।

उक्त कार्य सम्पन्न भएपछि बर्दिबास-सिन्धुली-खुर्कोट-बर्खे खोलासम्मको सडक खण्डमा सवारी–आवागमन सहज र नियमित रूपमा सञ्चालन गर्न सकिने भएको सडक डिभिजन खाल्टेले जनाएको छ।

अस्थायी सडक निर्माण कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने निर्माण व्यवसायी, यान्त्रिक कार्यालय मुलकोट, सवारी चालक साथीहरू, जनप्रतिनिधि, स्थानीय बासिन्दा, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरू प्रति सडक डिभिजन खाल्टे परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित मिति : बिहीबार, असोज २३, २०८२ | १४:१८:५३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खबर