साताको अन्तिम दिन कारोबार रकमसँगै घट्यो सेयर बजार


काठमाडौं,: साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ ।
अघिल्लो दिनको तुलनामा आज नेप्से ११.१० अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६५४ अंकमा कायम भएको छ । त्यस्तै कारोबार रकम ७ अर्ब ८५ करोडमा खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २० करोडको भएको थियो ।
८६ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने ७ को स्थिर रह्यो । विकास बैंक समूह ०.८३ प्रतिशत बढ्यो भने उत्पादन समूह स्थिर रह्यो ।
बैंकिङ ०.६१, फाइनान्स २.४३, होटल तथा पर्यटन ०.७८, हाइड्रोपावर ०.५५, जीवन बीमा ०.०१, लगानी ०.७९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.७३, अन्य ०.३५ र व्यापार समूह ०.२३ प्रतिशत घटे ।
३ कम्पनी सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र सिक्लेस हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ९.८९, धौलागिरि लघुवित्तको ९.८४, नारायणी डेभलपमेन्टको ८.४६, दोल्ती पावरको ८.१०, युनाइटेड इदी मर्दीको ७.४० तथा सपोर्ट माइक्रोफाइनान्सको ६.९३ प्रतिशत मूल्य बढ्यो ।
सुपर मादी र मन्दाकिनी हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । जानाकी फाइनान्सको ७.४७, पोखरा फाइनान्सको ५.७४ तथा नेपाल फाइनान्सको ४.७४ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, युनाइटेड इदी मर्दी, सिन्धु विकास बैंक र हिमालयन रिइन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्