माथिल्लो तामाकोशीले जलाशय सफा गर्दै, नदी किनारमा सतर्कता अपनाउन आग्रह


दोलखा: माथिल्लो तामाकोशील जलविद्युत केन्द्रले आगामी शनिबार (साउन ३१ गते ) जलाशय सफा गर्ने भएको छ ।
४५६ मेगावाट क्षमताको उक्त जलविद्युत केन्द्र दोलखा जिल्ला, विगु गाउँपालिका–१ मा अवस्थित छ । जलाशय सफा गर्ने क्रममा तामाकोशी बाँधको तल्लो तटीय क्षेत्र तथा आसपासका बस्तीहरूमा नदीको पानीको सतह समय–समयमा बढ्ने–घट्ने चक्र हुने भएकाले सतर्क रहन सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
केन्द्रका अनुसार, लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीको दोभानसम्मका क्षेत्रमा प्रभाव पर्न सक्नेछ ।
यस अवधिभर तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, पशु लैजाने, गिटी–बालुवा निकाल्ने तथा सवारीसाधन तार्ने जस्ता गतिविधि नगर्न÷नगराउन आग्रह गरिएको छ । साथै, धार्मिक वा परम्परागत दाहसंस्कार तथा अन्य संस्कारका कार्य गर्नुपर्ने अवस्थामा अत्यन्त सावधानी अपनाउन सूचित गरिएको छ।
माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले जनजीवन र सुरक्षालाई मध्यनजर गर्दै नदी किनार र आसपासका बासिन्दालाई यो समयमा विशेष सतर्कता अपनाउन पुनः अनुरोध गरेको छ ।

लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्