माथिल्लो तामाकोशीको नाफा ६३ करोड रुपैयाँ, घट्यो विद्युत् बिक्री


काठमाडौं,: माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको चालु वर्षको तीन महिनामा ६३ करोड १९लाख रुपैयाँ नाफा भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष असार मसान्तसम्म २ अर्ब ५६ करोड रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । त्यस्तै गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३६ प्रतिशत घटेको हो ।
कम्पनीको विद्युत् बिक्री आम्दानी घटेको छ । यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेकोमा चालु आवको पहिलो त्रैमासमा २ अर्ब ९३ करोड छ । ४५६ मेगावाटको आयोजनामा गत असोजको बाढीले असर पारेपछि विद्युत् उत्पादनमा आएको अवरोधले आम्दानी घटेको हो ।
समग्र ब्याजदर घट्दा कम्पनीको वित्तीय लागत घटेको छ । वित्तीय लागत गत आवको पहिलो त्रैमासमा १ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब २० करोड रुपैयाँ छ । वार्षिक प्रतिसेयर आम्दानी २ रुपैयाँ ९८ पैसा छ ।
प्रतिसेयर नेटवर्थ जम्मा ६० रुपैयाँ ४२ पैसा छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१८ रुपैयाँ ५० पैसा छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन