आइपीओ निष्कासनको तयारीमा भिजन इनर्जी, जेठ ३२ गते पारित गर्दै


काठमाडौं – भिजन इनर्जी एण्ड पावर लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले जेठ ३२ गते विशेष साधारण सभा बोलाएको छ ।
सेयरधनीहरूलाई विशेष साधारण सभामा भाग लिनका लागि जुम लिंक इमेल तथा एसएमएसमार्फत उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने सम्बन्धमा पनि सभाले आवश्यक निर्णय गर्नेछ ।
कम्पनीले आफ्नो जारी पूँजीको १५ प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन