ललितपुरमा खानेपनी अवरुद्ध भएपछि खानेपानी मन्त्री यादव दक्षिणकाली पुगे


काठमाडौं : गएको १२ असोजको बाढी पहिरोबाट ललितपुरको खानेपनी अवरुद्ध भएपछि खानेपानी मन्त्री प्रदीप यादव दक्षिणकाली पुगेका छन् । ललितपुरमा देखिएको खानेपानी समस्या समाधानमा सहयोग गरिदिन दक्षिणकालीका जनप्रतिनिधि र नागरिकलाई उनले आग्रह गरेका छन् ।
बाढी पहिरोपछि ललितपुर क्षेत्रमा दक्षिणकालीबाट गइरहेको खानेपानी अवरुद्ध भएको भन्दै उनले मानवीयताका आधारमा पानीको सङ्कटमा परेका ललितपुरवासीलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
कसैले प्यासले तड्पिनुपरेको छ भने हाम्रो कर्तव्य हो, हामीले सकेसम्म सहयोग गर्नु पर्छ’, उनले भने । मन्त्री यादव शनिबार फर्पिङ र दक्षिणकाली क्षेत्र पुगेर बाढीले पुर्याएको क्षतिको विवरण र पुनर्स्थापनाका लागि चलिरहेको कामबारे जानकारी लिएका थिए ।
मन्त्री यादवले केही पूर्वकर्मचारी र सम्बन्धित निकायका कमजोरीका कारण दक्षिणकालीवासी असन्तुष्ट हुनसक्ने बताउँदै, समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
‘तपाईंहरूका समस्या के छन् म समाधानका लागि पूर्ण प्रयास गर्नेछु । तर ललितपुरमा पानी पठाउन सहयोग गर्न आग्रह गर्दछु’, उनले भने ।
मन्त्री यादवसँगको छलफलपछि दक्षिणकालीका बासिन्दा ललितपुरमा खानेपानी पठाउन तयार भएका छन् । दक्षिणकालीबाट ललितपुरमा दैनिक १ करोड २० हजार लिटर पानी आपूर्ति हुँदै आएको थियो ।
बाढी पहिरोले दक्षिणकालीमा पु¥याएको क्षतिको विवरण सङ्कलन गरेर तत्काल समाधानका लागि सरकारको पहल हुने मन्त्री यादवले आसवासन दिए ।
‘म मन्त्रिपरिषद्को निर्णयमार्फत आवश्यक सहयोग उपलब्ध गराउन प्रयासरत छु । क्षतिको मूल्याङ्कन चाँडो गरौँ, म समस्या समाधानको पहल गरिरहनेछु’, उनले दक्षिणकालीका बासिन्दासँग भने ।
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन