देशभर मौसम सामान्य, पहाडी क्षेत्रमा वर्षाको सम्भावना


काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव मात्र देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा र अन्य भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
यस्तै, आज राति कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेशलगायतका पहाडी भागका एक–दुई स्थानमा राति पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन