देशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव, पूर्वका पहाडी क्षेत्रमा वर्षाको सम्भावना


काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । त्यस्तै, गण्डकी प्रदेशको पश्चिमी भेगमा पनि सोही वायुको आंशिक प्रभाव रहेको बताइएको छ । बाँकी भूभागमा भने मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर देखिएको विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।
आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सफा रहने सम्भावना विभागले जनाएको छ । साथै यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।अ
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन