शारदा ब्यारेजका सबै ढोका खोलिँदा बस्तीमा पस्यो बाढी


काठमाडौं - अविरल वर्षाले महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार महाकालीमा पानीको तह ३ लाख ४० हजार क्युसेक पुगेको छ।
महाकालीमा नेपालतर्फका सबै ढोका खोलिएका हुन्। आइतबार राति पानीको स्तर ४ लाख क्युसेक पुगेको महाकालीमा अहिले भने घटिरहेको छ।
महाकालीमा पानीको बहाव बढेपछि नेपालतर्फका सबै ढोका खोलिँदा तटीय क्षेत्र भीमदत्त नगरपालिका–११, १२ र १३ का बस्ती प्रभावित भएका छन्।
यस्तै, महाकालीको पानीले दोधारा चाँदनी नगरपालिकाका बस्ती पनि निकै प्रभावित भएका छन्। ती बस्तीहरूमा पानी पसेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरिरहेका छन्।
महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि शारदा ब्यारेजमा रोक लगाइएको सवारीसाधन आवागमन अझै सञ्चालन भएको छैन।
शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि सवारीसाधनमा रोक लगाइन्छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्