सिंहदरबारभित्र आगलागीमा क्षतिग्रस्त सवारीसाधन हटाउने कार्य सुरु


काठमाडौं : सिंहदरबार परिसरभित्र जेन–जी आन्दोलनका क्रममा भएको आगलागीबाट क्षति पुगेका सवारीसाधन हटाउने कार्य सुरु गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समन्वयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको सहभागितामा क्षतिग्रस्त सवारी साधन हटाउने प्रक्रिया अगाडि बढाइएको हो।
गत आन्दोलनका क्रममा सिंहदरबार भित्र पार्किङमा रहेका सरकारी सवारीसाधनमा आगजनी हुँदा ठूलो क्षति पुगेको थियो। ती सवारीसाधन हटाइएपछि परिसरलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने सरकारी निकायहरूले बताएका छन्।


लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन