सञ्चालनमा आयो २३ वटा मोबाइल ईभी चार्जिङ स्टेसन, अलपत्र परेका सवारीको लागि वरदान
पहिलाे पटक मोबाइल ईभी चार्जिङ स्टेसन सञ्चालनमा


काठमाडौँ –युएसएडको सहयोगमा नेपालमै पहिलाे पटक मोबाइल ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । मोबाइल ईभी चार्जिङ स्टेसनको आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग संस्था युएसएडका कार्यबहाक मिसन डाइरेक्टर करेन्ट वेल्चलगायतले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
युएसएड ऊर्जा नेपाल परियोजनाको सहयोगमा यात्री इनर्जीले निर्माण गरेको उक्त मोबाइल चार्जिङ स्टेसनको मंगलबार शुभारम्भ गरिएको हो । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दे युएसएड ऊर्जा नेपालले नेपाल सरकारको सन् २०४५ सम्म कार्बन उत्र्सजन शून्यको लक्ष्य हासिल गर्न यसले केही सहयोप पुर्याउने जनाएको छ । चार्जिङ स्टेसन आवश्यकता अनुसार विभिन्न ठाउँमा लगेर विद्युतीय गाडी चार्ज गर्न सकिन्छ । यसले ब्याट्री सकिएर बाटोमा अलपत्र परेका गाडीलाई उद्दार गर्न पनि सहयोग पुग्ने ऊर्जा नेपालले जनाएको छ
कार्यक्रममा बोल्दै ऊर्जा मन्त्रालयका सह–सचिव सन्दीप कुमार देवले ‘विद्यतीय सवारी प्रर्वद्धनले सरकारको शून्य कार्बन उत्र्सजनको लक्ष्य हासिल हुने जनाए । युएसएडको अनुदान र नेपाल विद्युत् प्राधिकरणको पहलमा स्थापना भएका यी चार्जिङ स्टेसनले विद्युतीय सवारी साधनको प्रयोग बढ्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । अन्यलाई पनि यस प्रकारको सहयोग गर्न घिसिङले आग्रह गरे ।
नेपालको चार्जिङ स्टेसन निर्माणमा सहयोग गर्न पाउँदा खसी लागेको युएसएड नेपालका करेन वेल्चरले बताए ।
युएसएडको उर्जा नेपालले नेपालको बढ्दो ईभी चार्जिङ पूर्वाधारमा अन्र्तगत यात्री डिजाइन स्टुडियो र ई.स्टप प्राइभेट लिमिटेडलाई ३ लाख ४६ हजार ३१५ डलर अर्थात (४ करोड ६० लाख) अनुदान प्रदान गरेको थियो । विद्युतीय सवारी बजारलाई पर्वद्धन गर्न उक्त रकममा यात्री र ई. स्पटले १ लाख ८५ हजार डलर थप गरेका २३ वटा मोबाइल चार्जिङ स्टेसन सञ्चालन गरेका छन् ।
यात्री डिजाइन स्टुडियोका संस्थापक अशिम पाण्डेले दिगो उर्जा इकोसिस्टम तर्फ आफ्नो मिशनलाई अगाडि बढाउन र स्वच्छ गतिशीलतामा नेपालको संक्रमणलाई सहज बनाउन यसको महत्वपूर्ण भूमिका रहेको बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्