कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य

जलसरोकार
बुधबार, असोज २९, २०८२ | ११:२७:२३ बजे

 

काठमाडौँ : भोटेकोशी पावर कम्पनी प्रा.लि.  र भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडबीच ‘निःशुल्क सेयर दिने सहमति’ भएको समाचारका बारेमा कम्पनीले प्रष्टिकरण दिएको छ । कम्पनीले यस्तो सहमति नभएको स्पष्ट पार्दै सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा २०८२ साल असोज २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरूको प्रतिनिधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्रा.लि. बीच कुनै पनि किसिमको निःशुल्क सेयर दिने–लिने सहमति नभएको बताइएको छ ।

जेनजी इनभेष्टमेन्टले कम्पनीकाे १० प्रतिशत सेयर खरिद गर्न आवेदन दिने तयारी गरेको हो । तर, त्यसअघि जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय तहका जनतालाई जेनजी पब्लिक लिमिटेड कम्पनीको सेयरधनी बनाइसकेपछि मात्र उक्त कम्पनीकाे सेयर खरिद गर्न सक्ने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ, ।

कम्पनीका अनुसार, भोटेकोशीले प्रति सेयर अंकित मूल्य रु १०० का दरले १० प्रतिशत सेयर उक्त पब्लिक लिमिटेड कम्पनीलाई बिक्री गर्ने छ । त्यस सेयर खरिदका लागि चाहिने ऋण बैंकबाट लिने व्यवस्था हुनेछ र त्यस ऋणको जमानी भोटेकोशीले मात्र उपलब्ध गराउने सहमति भएको छ ।

विज्ञप्तिमा थप उल्लेख गरिएको छ कि निर्माण सम्पन्न भइसकेको आयोजना भएकाले भोटेकोशीले वार्षिक रूपमा वितरण गर्ने लाभांशबाट जेनजी इनभेष्टमेन्टले प्राप्त गर्ने रकम लिएको ऋण र ब्याज भुक्तानी गर्न प्रयोग गर्ने सहमति भएको हो ।

त्यसैले, यस विषयलाई “निःशुल्क सेयर दिने सहमति भएको” भनेर व्याख्या गर्नु पूर्णतः भ्रमपूर्ण भएको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले सञ्चार माध्यमहरू र सरोकारवाला निकायहरूलाई यस्ता भ्रममा नपर्न कम्पनीले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : बुधबार, असोज २९, २०८२ | ११:२७:२३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया