अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता


वासिङटन डि.सी., : विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले नेपालका आर्थिक, व्यापारिक र विकास साझेदारीका विषयमा विभिन्न देशका प्रतिनिधिहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
अर्थमन्त्री खनालले संयुक्त राज्य अमेरिकाको वाणिज्य प्रतिनिधिसँग नेपाल–अमेरिका बीचको आपसी व्यापार र लगानी प्रवर्द्धनका विषयमा छलफल गर्नुका साथै Nepal Trade Preference Program (NTTP) को म्याद थप गर्न आग्रह गरेकाे अर्थ मन्त्रालयले जनाएको छ।
त्यसैगरी, उनले अमेरिकी स्टेट डिपार्टमेन्टका प्रतिनिधिसँग पनि भेटवार्ता गरी दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने तथा आपसी हितका विषयमा विस्तृत संवाद गरेका छन् ।
साथै, अर्थमन्त्री खनालले साउदी फन्ड र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का प्रतिनिधिसँग छुटाछुट्टै भेटवार्ता गरेका छ। उक्त अवसरमा उनले नेपालमा पूर्वाधार र मानव विकासका क्षेत्रमा लगानी बढाउन आग्रह गरेका थिए ।
साउदी फन्डका प्रतिनिधिले नेपालमा सिँचाइ र जलविद्युत् क्षेत्रमा फन्डको लगानी रहने जानकारी दिएका छन्।
त्यसैगरी, जाइका का प्रतिनिधिसँगको भेटमा विपी राजमार्ग पुनर्स्थापना, नागढुँगा सुरुङमार्ग र कोटेश्वर सेक्सन आयोजनालाई छिटो अघि बढाउने विषयमा छलफल भएको छ।
अर्थमन्त्री खनालले आजै अन्तर्राष्ट्रिय मुद्रा कोषका एशिया–प्रशान्त निर्देशक कृष्णा श्रीनिवासनसँग पनि भेटवार्ता गरेका छन् । उक्त अवसरमा नेपालमा कोषको सहयोगमा सञ्चालन भइरहेको विस्तारित कर्जा कार्यक्रम (Extended Credit Facility) लाई निरन्तरता दिने विषयमा छलफल भएको थियो।
भेटवार्तामा नेपाल राष्ट्र बैंक ऐनमा आवश्यक संशोधन, वाणिज्य बैंकहरूको कर्जा पोर्टफोलियो अध्ययन, र वित्तीय स्थायित्व कायम गर्ने उपायहरू सम्बन्धमा दुवै पक्षबीच विचार–विनिमय भएको मन्त्रालयले जनाएको छ।
उक्त भेटमा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलकाे पनि सहभागी रहेकाे थियाे ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना