रसुवागढी हाइड्रोपावरका ३१ कर्मचारी फसे, उद्धारका लागि प्रयास जारी


काठमाडौं : आज बिहान भोटेकोसी नदीमा आएको बाढीले रसुवागढी जलविद्युत् आयोजनाका ३१ कर्मचारी, इन्जिनियर फसेका छन् । उनीहरुका लागि हेलिकप्टरबाट उद्धार गर्न खोजिए पनि प्रतिकूल मौसमका कारण पुग्न नसकेको रसुवागढी जलविद्युत् आयोजनका प्रमुख सत्यरातम ज्याख्वाले बताए ।
बाढीले नेपाल–चीन जोड्ने मितेर पुल बगाएर रसुवागढी जलविद्युत्को मुहान बाँधमा क्षति पुगेको, ठूलो बाढी आएकाले नदीको पारिपट्टि रहेको आयोजनास्थलका कर्मचारी उतै फसेको उनले बताए । हालसम्म उनीहरु सुरक्षित रहेको तर पानीकाे बहाव कम नभएकाले उद्धारमा समस्या भइरहेको छ ।
बाढीले सडक बगाएको, आयोजनको क्याम्प, मु्हान संरचना क्षेत्रमा रहेका कर्मचारीहरुलाई वारि ल्याउन नसकिएको ज्याख्वाले जानकारी दिए । ‘मौसम सुधार हुने बित्तिकै उद्धार गर्ने गरी तयारी अवस्थामा छौं,’ उनले भने ।
तिब्बती क्षेत्रमा परेको ठूले वर्षाका कारण सीमा क्षेत्रस्थित टिम्बुरेको ड्राइपोर्टमा ठूलो क्षति भएको छ । नेपालले आयात गरेका गाडीहरु बगाएको छ । बाढीले रसुवागढी जलविद्युतको बाँध संरचना क्षेत्रलाई क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
यो पुल केवल भौतिक संरचना मात्र होइन, उत्तरतर्फको आयातका लागि अत्यावश्यक व्यापारिक मार्ग र प्रमुख भन्सार बिन्दु समेत थियो।
यसको विनाश नेपालका लागि एक ठूलो आर्थिक धक्का हो, जुन पहिले नै जलवायु संवेदनशीलता र आयात(करमा निर्भर राजस्व प्रणालीका दुबै चुनौतीहरूसँग जुधिरहेको इन्जिनयर कुशल गुरुङले बताएका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना