देशभरका विभिन्न राजमार्गका ३२ सडक अझै अवरुद्ध


काठमाडौं : बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्गका ३२ स्थानमा अझै सडक अवरुद्ध भएका छन् । सडक विभागले बुधबार सार्वजनिक गरेको विवरणअनुसार हालसम्म बीपी राजमार्ग, मेची राजमार्ग, कोशी राजमार्गलगायतका सडक खण्डमा यातायात आवागमन रोकिएको छ ।
विभागका अनुसार बीपी राजमार्गमा सबैभन्दा बढी १८ स्थानमा सडक अवरुद्ध भएको छ । मेची राजमार्गका १० स्थानमा पहिरो खसेका कारण यातायात सञ्चालनमा समस्या आएको छ । साथै पाँचथरको भेडेडार–रबि–राँके सडक खण्ड पनि पहिरोका कारण बन्द भएको जनाइएको छ ।
ताप्लेजुङको फक्ताङलुङ–५ र ६ जोड्ने रानीपुल बेलीब्रिज बाढीले बगाएपछि तमोर कोरिडोर पूर्णरूपमा अवरुद्ध भएको छ । सङ्खुवासभाको अल्फटेमा खसेको ठूलो पहिरोका कारण कोशी राजमार्ग समेत बन्द भएको विभागले जनाएको छ ।
यसैबीच, गत असारमा चीनतर्फबाट आएको बाढीका कारण तातोपानी र टिमुरे क्षेत्रका सडकहरूमा ठूलो क्षति पुगेको थियो । त्यसपछि स्याफ्रुवेन्सी–रसुवागढी सडकखण्ड अझै पूर्णरूपमा अवरुद्ध नै रहेको विभागले जानकारी दिएको छ ।
सडक विभागका अनुसार अवरुद्ध सडकहरूमा यान्त्रिक उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको छ । तर लगातारको वर्षा र थप पहिरोको जोखिमका कारण सडक खुलाउन समय लाग्ने जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन