कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशभर ५ सडक पूर्ण अवरुद्ध

जलसरोकार
सोमबार, असोज ०६, २०८२ | १०:३२:५६ बजे

 

काठमाडौँ : दशैँ पर्व सुरु भएसँगै यात्रुको भीड बढिरहेको समयमा देशभरको सडक यात्रा निरन्तर वर्षा र पहिरोका कारण प्रभावित भएको छ । विभिन्न राजमार्ग अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र परेका छन् ।

प्रहरीका अनुसार आज बिहान ९ बजेसम्म देशका ५ सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ७ सडक एकतर्फी मात्र सञ्चालनमा आएका छन् ।

कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, बाढीले रसुवाको गोसाइकुन्ड गाउँपालिका–२ स्थित नेपाल–चीन नाका जोड्ने पुल पूर्ण रूपमा बन्द भएको छ ।

पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाइकुन्ड–२ बालुवाखानीमा पहिरो जाँदा सडक बन्द भएको छ भने अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि सडक अवरुद्ध भएको छ ।

यता, मुग्लिन–नारायणगढ सडक लामो समयको प्रयासपछि एकतर्फी मात्र सञ्चालनमा आएको छ । रातिको समयमा भने जोखिम रहने भएकाले सडक आवागमन रोकिएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडकहरू सुरक्षाकर्मी र प्राविधिक टोलीले खोल्ने प्रयास जारी राखेका छन् । यात्रुलाई वैकल्पिक मार्ग रोज्न र सतर्क रहन समेत आग्रह गरिएको छ।

प्रकाशित मिति : सोमबार, असोज ०६, २०८२ | १०:३२:५६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया