ब्राजिलमा बाढीका कारण ७८ जनाको मृत्यु, १ लाख १५ हजार विस्थापित


काठमाडौं – ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा लगातारको भीषण वर्षाबाट आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ । कम्तीमा ७२ जना बेपत्ता भएका छन् । लगातारको वर्षाका कारण त्यहाँका करिब ५ सय सहर डुबानमा परेका छन् र १ लाख १५ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । निरन्तरको वर्षाले विपत्ति निम्त्याएपछि राज्य सरकारले आपत्काल घोषणा गरेको छ ।
वर्षाले उक्त राज्यको जलविद्युत् गृहमा क्षति पुर्याएपछि करिब तीन लाख मानिस अन्धकारमा बस्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उक्त जलविद्युत् केन्द्रको बाँध भत्किँदा नदीको पानी सहरभित्र पसेको बताइएको छ । त्यस्तै सोही क्षेत्रमा रहेका अन्य विद्युत् गृहका बाँध पनि भत्किन सक्ने भन्दै सचेत हुन आग्रह गरिएको छ । त्यहाँको मौसम विभागले उक्त क्षेत्रमा अझै वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सचेत हुन आग्रह गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना