बाढी–पहिरोले क्षति तुल्याएका विद्युत् वितरण प्रणाली ९८ प्रतिशत पुनःस्थापित

काठमाडौं : अबिरल वर्षा, बाढी, पहिरो र डुबानले क्षतिग्रस्त भई अवरुद्ध भएको विद्युत् वितरणतर्फ ९८ प्रतिशत पुनःस्थापना भई चालू भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आगामी एक साताभित्र बाँकी क्षतिग्रस्त विद्युत् वितरण पुनःस्थापना हुनेछ ।
गत शुक्रबार र शनिबार अबिरल वर्षा र बाढी तथा पहिरोले देशलाई आक्रान्त पार्दा प्राधिकरणको ७० प्रतिशत वितरण प्रणाली दुरुस्त रहेको सिलवालले बताए ।
अवरुद्ध भएको विद्युत् वितरणमा सबैभन्दा जटिल काभ्रेको बेथान, रोशी र भुम्लु छन् । त्यसैगरी दक्षिण ललितपुरको लेलेदेखि फुलचोकी, धादिङको छिटफुट बाँकी रहेको पनि सिलवालले बताए ।
बाढी–पहिरोले विद्युत् क्षेत्रमा २.५ अर्ब रुपैयाँको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी (४५६ मेगावाट) सहि कुल ६२५.९६ मेगावाटका ११ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुमा क्षति भएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मन्त्री खड्काले विद्युत्–सिँचाइ सेवाको अवस्था बुझ्दै सुधारको निर्देशन
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख