नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् खरिद सम्झौता हुँदै


काठमाडौं : नेपाल र भारतका विदेश मन्त्रीको उपस्थितिमा भोलि बिहीबार काठमाडौंमा ‘नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता’ मा हस्ताक्षर हुने भएको छ ।
भारतीय विदेश मन्त्री एस जयशंकर र नेपालका परराष्ट्र मन्त्री एनपी साउदको उपस्थितिमा भारतसँग उक्त सम्झौता हुन लागेको जानकारी ऊर्जा मन्त्रालयले दिएको छ । यही सम्झौता अन्तर्गत भारतले नेपालबाट आगामी दिनमा १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्नेछ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता नबिन राज सिंहका अनुसार नेपालका ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको गत जेठ १७ गते भएको भारत भ्रमणका क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने प्रारम्भिक हस्ताक्षर भएको थियो । उक्त सहमतिपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना समकक्षीसहित सम्झौतामा छिट्टै सम्झौता हुने घोषणा गरेका थिए ।
नेपाल भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आउने भारतीय विदेश मन्त्री जयशंकरको भ्रमणका क्रममा तीनवटा १३२ केभीका प्रसारण लाइन पनि संयुक्त रुपमा उद्घाटन हुने मन्त्रालयले जनाएको छ ।
कुशाहा (नेपाल) –कटैया (बिहार, भारत) १३२ केभीको सेकेण्ड सर्किट, परवानीपुर (नेपाल)–रक्सौल (बिहार, भारत) १३२ केभी सेकेण्ड सर्किट र मैनहिया (नेपाल) – न्यू नौतनवा (सम्पतिया) १३२ केभी प्रसारण लाइन उद्घाटन हुने कार्यक्रम छ ।
प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्