एडिबीबाट १ खर्ब ५अर्ब ६१ करोड सहयोग


काठमाडौँ, : एसियाली विकास बैंक (एडिबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न रु एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको छ । सहायता रकममध्ये रु छ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।
दोस्रो चरणको काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) विद्युत् प्रसारण तथा वितरण सुदृढीकरण परियोजना तथा समावेशी विकास कार्यक्रम कार्यान्वयन गर्न उक्त ऋण एवं अनुदान उपयोग गरिनेछ ।
अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे ।
त्यसअवसरमा सचिव घिमिरेले नेपालको समाजिक आर्थिक विकासमा एडिबीबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता व्यक्त गरे ।
निर्देशक कोश्वाले नेपालको कृषि, प्राकृतिक स्रोत, ग्रामीण विकास, ऊर्जा, सार्वजनिक क्षेत्र व्यवस्थापन, खानेपानी, एवं सहरी पूर्वाधार निर्माणमा एडिबीले सघाउँदै आएको बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको भाउ तोलामा १३ सयले बढ्यो, चाँदी पनि महँगियो
-
खडेरीले प्रभावित किसानका लागि ७० लाखमा डिप बोरिङ निर्माण
-
एउटै खोलामा छ, जलविद्युत् आयोजना
-
मौसम पूर्वानुमान : वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्