मुलुकभर भारी वर्षाको सम्भावना


काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित भएकाले आज मुलुकभर सामान्यतया बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। यस्तै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम बढ्ने, ठूला तथा साना नदीनाला तथा खोलामा पानीको सतह उच्च हुने र यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गरेको छ। यसै सन्दर्भमा सर्वसाधारणलाई सतर्क रहन तथा आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना