एनएमबी हाइब्रिड फन्ड एल–२ मा आवेदन आजसम्म


काठमाडौं,: एनएमबी हाइब्रिड फन्ड एल–२ मा बिहीबार आजसम्म आवेदन दिन सकिने भएको छ । एनएमबी क्यापिटलले २४ माघदेखि सामूहिक लगानी कोष एमएबी हाइब्रिड फन्ड एल–२ को इकाइ खरिदका लागि आवेदन माग गरेको थियो ।
क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको हो ।
एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनएमबी हाइब्रिड फन्ड एल–२, १० वर्षे बन्दमुखी योजना हो । साथै यो योजना हाइब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फन्डभन्दा तुलानात्मक रूपमा कम जोखिम हुने गर्दछ । उक्त फन्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाइसम्म अर्थात प्रति इकाई १० रुपैयाँका दरले १ हजारदेखि १२ करोड रुपैयाँसम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
फन्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवद्र्धक कम्पनी एनएमबी बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाइ योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाइ सर्वसाधरणलाई बिक्री गरेको हो ।
फन्डको कुल १२ करोड इकाइमध्ये कोष प्रवद्र्धक र योजना व्यवस्थापकले सम्पूण बीज पूँजी बराबरको १ करोड ८० लाख इकाइ र ५८ हजार ४४० सर्वसाधारण÷संस्थागत लगानीकर्ताहरूबाट १० करोड १५ लाख इकाइका लागि आवेदन परेको जनाइएको छ ।
म्युचुअल फन्ड निष्कासनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ संस्था इक्रा नेपालले कोष प्रबद्र्धकलाई (इक्राएनपी–आईआर) ए प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई (इक्राएनपी एएमसी) क्वालिटी २ रेटिङ प्रदान गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना