प्राधिकरणसँग महसुल उठाउने बाहेक अन्य विकल्प छैन : घिसिङ


काठमाण्डाै : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौतामा पछि हट्न नसकिने बताएका छन् ।
संघीय संसद अन्तर्गत पूर्वाधार विकास समितिमा मंगलबार भएको छलफलका क्रममा केही उद्योगीले प्राधिकरणसँग टीओडी टाइम अफ द डे मिटर नभएको भन्ने हल्ला फिजाएको र यसमा सत्यता नभएको बताए ।
प्राधिकरणसँग टीओडी मिटर तथा सब–स्टेशनमा लग सिट समेत हुने हुँदा यसमा कुनै पनि समस्या नरहेको घिसिङले बताए । ‘हाम्रा प्रत्येक सबस्टेशनमा कर्मचारीलेहरुले आधा आधा घण्टामा लग सिट इन्ट्री गर्ने गर्छन,’ उनले भने, ‘हामीसँग वर्षौको डाटा छ ।’


यसअघिको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल तिर्न उद्योगको लाइन काट्दा तत्कालीन सरकारले स्पष्टीकरण समेत सोधेको र यो विषय धेरै गिजोलिएको बताए । सरकारकै आग्रहमा कोभिडको असर परेको भन्दै महसुल उठाउने कार्यमा विलम्ब भएको उनको भनाइ छ ।
अदालत तथा बनेका समितिहरुले समेत प्राधिकरणलाई महसुल उठाउन पर्ने भन्दै राय दिएको भन्दै प्राधिकरणले उद्योगीलाई किस्ता किस्तामा तिर्न पनि सहज गरिदिएको घिसिङको भनाइ छ ।
‘अब प्राधिकरणले महसुल उठाउने बाहेक अन्य विकल्प नरहेको बताए,’ उनले भने, ‘प्राधिकरणले दिएको किस्ता सुविधा उपभोग गरेर किस्तामा महसुल तिर्नुपर्छ ।’
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना