बैंकहरूको शेयर धितो कर्जा ५६ प्रतिशतले वृद्धि, एक वर्षमै एक खर्ब ४० अर्ब


काठमाडौं: शेयर धितो कर्जामा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरूको सक्रियता पछिल्लो वर्ष तीव्र बनेको छ । आर्थिक वर्ष २०८१÷८२ को अन्त्यसम्म कुल एक खर्ब ४० अर्ब ७० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब ५० अर्ब रुपैयाँले बढी हो ।
यसमा वाणिज्य बैंकहरूको भूमिका बढी देखिएको छ । उनीहरूले मात्रै १ खर्ब १६ अर्ब ८० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको भन्दा झण्डै ४६ अर्ब बढी हो । विकास बैंकहरूले १९ अर्ब ५४ करोड र फाइनान्स कम्पनीहरूले ४ अर्ब ३५ करोड रुपैयाँको कर्जा उपलब्ध गराएका छन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने यस अवधिमा शेयर धितो कर्जा नदिएको पाइएको छ । बाँकी अधिकांश वाणिज्य बैंकहरूले लगानी बढाउँदा एनआइसी एशिया बैंकले भने कर्जा कटौती गरेको छ ।
लगानीको परिमाण हेर्दा नबिल बैंक अग्रस्थानमा छ भने नेपाल एसबिआई बैंक पछाडि रहेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना