भीम रावलको १५ बुँदे टिप्पणी : भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न ओलीले अध्यादेश ल्याए


काठमाडौं,: मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीबारे १५ बुँदे टिप्पणी गरेका छन् । जसमा सरकारले ल्याएका अध्यादेश देखि ओलीको पार्टी सञ्चालन र सरकार सञ्चालनसम्मका विषय समावेश गरिएको छ ।
भूमाफिया, दलाल र बिचौलियाहरूको स्वार्थ पूरा गर्न अध्यादेश ल्याएको आरोप लगाएका छन् । त्यस्तो अध्यादेशमा सांसदहरूलाई यथोचित छलफल गर्न रोक्ने दुराशयले संक्षिप्त प्रक्रियाद्वारा अध्यादेश पारित गर्ने निर्णय मन्त्रिपरिषद्बाटै गरेको भनेर पनि रावलले प्रश्न उठाएका छन् ।
भूमिसम्बन्धी अध्यादेश जनविरोधी भएको रावलले बताएका छन् ।
फौजदारी अभियोग र मुद्दा लागेका, गुण्डागर्दी र अनैतिक क्रियाकलापको घेरामा रहेकाहरूलाई स्पष्टीकरणसम्म पनि नसोध्ने प्रवृति ओलीको रहेको रावलको अर्को टिप्पणी छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन