कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सवारी परीक्षण कार्यालय इटहरीका प्रमुख र लेखापाल मन्त्रालय तानिए, छानबिन समिति गठन

जलसरोकार
सोमबार, असोज १३, २०८२ | ०९:४९:१४ बजे

 

काठमाडौँ: अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख तथा लेखापाललाई जिम्मेवारीबाट हटाई मन्त्रालयमा तानिएका छन् । सेवाग्राहीसँग घूस असुल्ने, मोलमोलाहिजा गर्ने, अनावश्यक दुःख दिने लगायतका गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई तत्काल प्रभावबाट हटाएको हो ।

दुवै जनाको मिलेमतोमा कार्यालयको राजश्वसमेत हिनामिना भएको आशंका गरिएको छ । इटहरीस्थित उक्त कार्यालयले दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनलाई बाटो इजाजतपत्र दिने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने तथा प्रदूषण परीक्षणजस्ता काम गर्दै आएको छ ।

सेवाग्राहीले प्रमाणसहितको गुनासो ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङसम्म पुर्याएपछि मन्त्री घिसिङले दुवै जनालाई जिम्मेवारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका हुन् ।

मन्त्रीको निर्देशनअनुसार मन्त्रालयले प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको छ ।

समितिले आरोपित कर्मचारीहरूसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन र अनुसन्धान गर्ने तथा कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश पाएको छ ।

मन्त्रालयले इटहरी सवारी परीक्षण कार्यालयमा देखिएको अनियमितता र त्यसमा संलग्न कर्मचारीमाथि कडा कारबाही हुने चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति : सोमबार, असोज १३, २०८२ | ०९:४९:१४ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया