देशभर बदली, कर्णाली–सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


काठमाडौं: आज देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने अन्य प्रदेशका पहाडी भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा समेत वर्षा हुने अनुमान गरिएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा हावाहुरी चल्ने पूर्वानुमानसमेत गरिएको छ ।
आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भने भारी वर्षा हुने अनुमान गरिएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास (ल्भबच ल्यचmब िएयकष्तष्यल) मा अवस्थित रहेको छ । साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा प्रवेश गरेको मौसमविद्हरूले जनाएका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना