देशभर आकाशमा बादलको प्रभाव व्यापक हुने, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना


काठमाडौं : आगामी २४ घण्टामा देशका अधिकांश भू-भागमा बदली रहने (आकाशमा बादलको प्रभाव व्यापक हुने) मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही लुम्बिनी प्रदेशसहित पहाडी भू-भागका केही स्थान र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी र मधेश प्रदेशलगायत पहाडी भू-भागमा साधारणतया बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। यस्तै, कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
मौसम विश्लेषणअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना