कुलमान घिसिङ सुनको मूल्य सेयर बजार दीपक खड्का नबिल बैंक ग्लोबल आइएमई बैंक सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की मेलम्चीको पानी बितरण नदी कटान रोकथाम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

देशभर बदली, वर्षाको सम्भावना : कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

जलसरोकार
मंगलबार, भदौ १७, २०८२ | ०९:०७:१२ बजे

 

काठमाडौं: देशभर आजको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर सरकिएकाले मौसममा उतारचढाव देखिएको छ ।

यसको प्रभावस्वरूप मंगलबार दिउँसोदेखि रातिसम्म विभिन्न प्रदेशमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ ।

यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । भारी वर्षा हुँदा पहिरो, बाढी तथा नदी–नाला थोरै समयमै बढ्ने खतरा हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

बिभागका अनुसार पछिल्ला दिनहरूमा अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रिन थालेपछि मनसुन सक्रियता बढ्ने संकेत देखिएको छ । विशेषगरी हिमाली र पहाडी भूभागमा भारी वर्षा हुने सम्भावना रहेकाले यातायात, कृषि तथा दैनिकीमा असर पर्न सक्ने बताइएको छ ।

साथै, राति र बिहानका समयमा पूर्वी तराईका केही स्थानमा हल्का हावाहुरी समेत चल्न सक्ने विभागले चेतावनी दिएको छ ।

मौसमविद्हरूका अनुसार अहिले देखिएको मनसुन सक्रियता केही दिन निरन्तर रहने अनुमान छ । विभागले नदीनाला आसपास बसोबास गर्ने, डाँडा–पाखामा यात्रा गर्ने तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : मंगलबार, भदौ १७, २०८२ | ०९:०७:१२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया