आज देशभर बदली, पहाडी र तराईका केही भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना


काठमाडौँ: जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली रहने जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहने विभागले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही भागमा मध्यम वर्षा हुने र कोशी, मधेस, लुम्बिनी तथा गण्डकीका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
महाशाखाले वर्षाका कारण पहिरो, बाढी तथा जलमग्नता जस्ता जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना