देशभर बदली, कोशी-गण्डकी-लुम्बिनीमा भारी वर्षाको सम्भावना


काठमाडौं : मौसम पूर्वानुमान अनुसार आगामी २४ घण्टामा देशभर साधारणतया बदली रहनेछ। बुधबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी प्रदेश लगायतका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसैबीच, कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली मात्र हुने जनाइएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको र ती प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने उल्लेख छ।
मौसम विश्लेषण अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना