देशभर साधारण बदली, पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
मनसुनको सक्रियता नेपालतिर भन्दा भारततिर बढी केन्द्रित


काठमाडौं : आगामी २४ घण्टाभित्र देशभर मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका अन्य पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति पनि कोशी प्रदेशसहितका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। यस अवधिमा पहाडी क्षेत्रमा केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने महाशाखाले उल्लेख गरेको छ।
मौसमी विश्लेषणअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ। यो भनेको अहिले मनसुनको सक्रियता नेपालतिर भन्दा भारततिर बढी केन्द्रित छ, त्यसैले नेपालमा वर्षा सीमित/मध्यम मात्र हुनेछ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना