देशभर बदलीयुक्त मौसम, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं : हाल देशमा सक्रिय मनसुन प्रणालीको प्रभावले देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा औसत स्थानको उत्तरतर्फ, विशेषतः नेपालको तराई क्षेत्रमा रहेको छ, जसले गर्दा देशभर बदलीयुक्त अवस्था छाएको छ । यद्यपि, जलवाष्पयुक्त हावाको प्रभाव भने केही कमजोर देखिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतः बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रहरूमा धेरै स्थानमा, बाँकी पहाडी क्षेत्रहरूका केही स्थानहरूमा र मधेस प्रदेशसहितका अन्य तराई क्षेत्रहरूका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्र, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना पनि रहेको उल्लेख गरिएको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। विशेषगरी मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।
स्थानीय बाढी, पहिरो तथा सडक अवरुद्धजस्ता सम्भावित जोखिमका कारण सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना