कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन हुँदैन : नेता कोइराला


काठमाडौं,: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन गर्न नुहने बताएका छन् ।
विराटनगरस्थिति कोइराला निवासमा बुधबार पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले संविधान भन्नेबित्तिकै कांग्रेस–एमालेको मात्रै नहुने भएकोले सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताए ।
उनले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन । नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’
उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पु¥याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए । अहिले कांग्रेस–एमालेबीच अलिअलि छलफलमात्रै भएको भन्दै उनले यो सबैको माझमा जानुपर्ने, त्यतिकै नहुने बताए ।
‘यो यस्तो डकुमेन्ट हो जो कि सबैलाई पाच्य हुनुपर्छ । अनिमात्रै हुन्छ । दुई तिहाइ बनाएर गर्दिन्छौं भन्नु गलत हुन्छ,’ उनले भने, ‘कांग्रेस एमालेबीच अलिअलि छलफल भएको छ तर त्यतिले हुँदैन । यो सबैको माझामा जानुपर्छ । अरु दलहरुसित पनि छलफल गर्नुपर्छ । त्यसरी जानुप¥यो नि त ।’
उनले संविधान संशोधनका बारेमा नागरिकले यो के हो के भइरहेको छ भनेर बोलिरहेको पनि बताए ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन