कालीगण्डकीको कटान रोकथामका लागि ७० लाख रुपैयाँको तटबन्ध निर्माण

म्याग्दी: कालीगण्डकी नदीको कटान तथा बाढीको उच्च जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा तटबन्ध निर्माण गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयले रु ७० लाखको लागतमा १५० मिटर क्षेत्रमा तटबन्ध निर्माण गरेको हो।
सेतोढुङ्गादेखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुँदै तलतर्फ कालीगण्डकी नदी किनारमा निर्माण गरिएको उक्त तटबन्धमा ग्याबियन तारजाली प्रयोग गरिएको छ । इञ्जिनियर नरजङ गुरुङका अनुसार, ग्याबियन जालीलाई खिया लाग्न नदिन केही भागमा प्लास्टर गरेर ‘ज्याकेटिङ’ प्रविधि अपनाइएको छ ।
तटबन्ध निर्माणसँगै लामगराका करिब ५० परिवारले सुरक्षित महसुस गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष कमल थापाका अनुसार, तटबन्धले लामगराको बस्ती, सयौँ रोपनी खेतीयोग्य जमिन, लामगरा–मिलनचोक झोलुङ्गे पुल र रत्नेचौर लिफ्ट खानेपानी योजनाको ट्याङ्की सुरक्षित राख्न मद्दत पुगेको छ ।
स्थानीय बासिन्दाले लामगरालाई सागसब्जी उत्पादनका लागि प्रमुख ’पकेट क्षेत्र’ का रूपमा विकास गर्दै आएका छन्।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठेक्का तोड्ने फाइल उठाएको र जमानत खोस्न पत्र लेखेको भन्दै ऊर्जा मन्त्री खड्काले हटाए सुनकोसी मरिनका प्रमुख
-
प्राइम, प्रभु र कुमारी बैंकका सीइओहरुको सुनकोसी मरिन डाइभर्सनको ठेकेदारसँग साँठगाँठ, अदालतले आदेश दिंदा पनि सरकारको रकम फिर्ता गरेनन्
-
खानेपानी, जलस्रोत तथा सिँचाइका क्षेत्रमा वैज्ञानिक प्रणाली अपनाउनु अहिलेको आवश्यकता : मन्त्री यादव
-
साताको चौथो कारोबार दिन घट्यो सेयर बजार, कारोबार रकममा समेत कमी
-
बुधबार प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको भाउ
-
सरकारसँग अध्यक्ष ढकालको आग्रह : युरो–६ भन्दा कम सवारी एकपटक आयात गन अनुमति दिनुहोस्