मोहना नदीमा झोलुङ्गे पुल निर्माण

-lg-1757303127.jpg)
कैलाली: धनगढी उपमहानगरपालिका–१३ र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाट सिमानामा मोहना नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । पुल बनेसँगै स्थानीयवासीलाई नदी ओहोरदोहोर गर्न सहज भएको छ ।
यसअघि नदीले छुट्याइदिएका कारण राजघाटका बासिन्दालाई दैनिक आवतजावतमा कठिनाइ हुँदै आएको थियो । दूरीको हिसाबले आफ्नो जिल्लाको सदरमुकामभन्दा नजिक पर्ने कैलालीको धनगढी बजार पुग्न उनीहरूले लामो बाटो मजगई हुँदै पार गर्नुपर्ने बाध्यता थियो ।
कृष्णपुर–९ राजघाटकी पूर्ववडासदस्य शारदादेवी चौधरीका अनुसार पुल निर्माणसँगै स्वास्थ्य उपचारदेखि सामान किनमेलसम्म सबै काम सहज भएको छ । स्थानीय पदम विकले पनि पुल बनेपछि दैनन्दिन जीवनमै ठूलो सहजता आएको बताए ।
स्थानीय रेखा चौधरीका अनुसार वर्खायाममा नदी पार गर्न कठिनाइ हुने भएकाले पुल निर्माणले वर्षौदेखिको समस्या समाधान गरेको छ ।
कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ मा ८० लाख ९० हजार रुपैयाँको लागतमा ठेक्का लगाएर पुल निर्माण गरेको इञ्जिनियर विष्णु जोशीले जानकारी दिए । उपभोक्ता समिति र निर्माण कम्पनीको साझेदारीमा पुल तयार गरिएको हो ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन