अविरल वर्षाले देशभर ११ राजमार्ग पूर्ण रूपमा अवरुद्ध


काठमाडौं ः शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण देशभरका ११ वटा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार अवरुद्ध राजमार्गमा सङ्खुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, तमोर करिडोर र मध्यपहाडी लोकमार्ग, रसुवाको पासाङ–ल्हामु राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर, मुस्ताङको जोमसोम–लोमान्थाङ सडक, रोल्पाको सहिद राजमार्ग, रुकुम पश्चिमको जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीको महाकाली राजमार्ग रहेका छन् ।
त्यसैगरी, काठमाडौंको टोखा–नुवाकोट सडकखण्ड, बागलुङ नगरपालिकाको कालीगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोर र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग भने एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना