माओवादी पदाधिकारी बैठकको निष्कर्ष : एमाले–कांग्रेस सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भए


काठमाडौं: माओवादी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले दुईदलीय सरकारको कुशासनका कारण प्रतिगामीहरू सक्रिय भएको निष्कर्ष निकालेको हो ।
प्रतिगामीहरू सक्रिय भएपनि नेपाली जनतालाई भने धेरै प्रभाव नपरेको बैठकको निष्कर्ष रहेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । अहिले पनि नेपाल जनता लोकतन्त्रको पक्षमा रहेकाले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुन सक्छ भन्ने पार्टीको निष्कर्ष रहेको सापकोटाले सुनाए । उनले मुलुकमा राजतन्त्र फर्कने कुनै सम्भावना नगरेको जिकिर गरे ।
संविधान जारी गरेको र मुलुकको संघीयतासहितको परिवर्तन मन नपराउनेहरूले सरकारको कुशासनका कारण फेरि टाउको उठाउन खोजेको उनको जिकिर छ ।
अहिलेको संविधान र व्यवस्थाप्रति केहि प्रश्न उठेपनि त्यसको समाधानसमेत रहेको प्रवक्ता सापकोटाले बताए । बैठकले संघीय संसदका साथै सातै प्रदेशका संसदहरूमा माओवादीले सशक्त भूमिका निर्वाह गर्ने र जनताका समस्यालाई उजागर गर्ने निर्णय गरेको छ । .
त्यस्तै पार्टीले वृहत् जनपरिचालन गर्ने निर्णय गर्दै त्यसको मिति भए अर्को बैठकले तय गर्ने सापकोटाले जानकारी दिए । बैठकमा जनतासँग माओवादी अभियानको प्रारम्भिक समिक्षा भएको र झापादेखि रौटहटसम्म आइपुग्दा जनतामा नयाँ जागरण पैदा भएको ठहर गरेको छ । हाललाई स्थगित गरिएको अभियान अर्को महिना पुनः सुरु गर्ने माओवादीले जनाएको छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दोहोरो गिरावट, नेप्से १९.४३ अंकले घट्यो
-
ऊर्जा दक्ष उद्योगहरूलाई चार करोडभन्दा बढी अनुदान वितरण
-
अर्थमन्त्री खनालले विश्व बैंक र मुद्रा कोषका उच्च पदाधिकारीसँग भेटवार्ता
-
एकैदिनमा ८ हजार रुपैयाँले बढ्यो सुनको मुल्य, तोलामा २ लाख ५० हजार नजिक
-
मेची राजमार्गको वैकल्पिक सडक सञ्चालनमा ढिलाइ
-
अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन