दरमखोला हाइड्रो इनर्जीको आईपीओ सर्वसाधारणका लागि खुला


काठमाडौं: दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ (प्राथमिक सेयर) निष्कासन गरेको छ । आज बिहीबारदेखि आवेदन प्रक्रिया सुरु भएसँगै सर्वसाधारणले कम्पनीको शेयरमा लगानी गर्न सक्ने भएका छन् ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत हिस्सा सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो। वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित गरिएको सेयरको बाँडफाँटपछि बाँकी २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरिएको छ । इच्छुक लगानीकर्ताले साउन १९ गतेसम्म आवेदन दिन सक्ने छन्। बिक्री प्रवन्धकको भूमिकामा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
अपरिस्कृत वित्तीय विवरणअनुसार, गत आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ३९ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ३८ पैसा ऋणात्मक देखिएको छ ।
दरमखोला हाइड्रोले बागलुङ जिल्लाको गलकोट क्षेत्रमा ९.६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिसकेको छ। आयोजनाको कुल लागत २ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । कम्पनीका अनुसार प्रतिमेगावाट लागत २४ करोड ७९ लाख रुपैयाँ अनुमान गरिएको छ ।
यो आइपीओ जलविद्युत् क्षेत्रमा लगानी गर्न इच्छुक सर्वसाधारणका लागि अवसरको रूपमा आएको भए पनि कम्पनीको वित्तीय अवस्था र प्रतिफल जोखिममूलक देखिएकाले सूचित निर्णय आवश्यक रहने विज्ञहरूको सुझाव छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला २ लाख ४८ हजार ९ सय पुग्यो
-
भोटेकोशी पावर कम्पनी र जेनजी इनभेष्टमेन्टबीच ‘निःशुल्क सेयर सम्झौता’ भएको समाचार असत्य
-
अर्थमन्त्री खनाल र अमेरिकामा व्यापार, लगानी र विकास साझेदारीका विषयमा उच्चस्तरीय भेटवार्ता
-
३५ अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक
-
विदेश पढ्ने मोहः दुई महिनामै ३२ अर्ब रुपैयाँ बाहिरियो
-
देशभर आज मौसम सफा, कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना